नेइमार बार्सिलोना जान चाहन्छन् तर उनका पिता रियल मड्रिडलाई फोन गरिरहेछन्

डिसी नेपाल
१८ भदौ २०७६ १४:५१

काठमाडौं। पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्ट्राइकर नेइमारका प्रतिनिधिले केही महिना अगाडि रियल मड्रिडलाई सम्पर्क गरेका थिए ताकि उनले पिएसजी छाड्न सकुन् । त्यतिबेला लस ब्लांकोसले पिएसजीसँग कुनै द्वन्द्व सिर्जना गर्न चाहेन र यस विषयमा कुनै कदम अगाडि बढाएन । त्यसको केही समयपछि नेइमार आफैंले आफूले फ्रान्स छाडेर स्पेन जान चाहेको पिएसजीलाई औपचारिक जानकारी दिए ।

पिएसजीले पनि उनको कुरा मान्यो । त्यसपछि नेइमारका म्यानेजरसमेत रहेका उनका पिताले नेइमार जान सक्ने सम्भावित गन्तव्यको खोजी गर्न थाले । नेइमार स्वयंले पनि बार्सिलोना जाने कुरालाई प्राथमिकतामा राखे तर रियल मड्रिड जाने सम्भावनालाई पनि कायमै राखे । प्रक्रिया अगाडि बढ्दै गयो तर कुनै नतिजा आएन, अन्ततः ट्रान्सफर विन्डो बन्द भयो । अहिले यी ब्राजिलियन स्ट्राइकर ब्राजिलको राष्ट्रिय टिमसँग मियामीमा छन् ।

रियल मड्रिडले नेइमारको फिटनेसमा आशंका गरेको थियो र चोटग्रस्त सुपरस्टारलाई ल्याउनु निकै जोखिमपूर्ण हुने निष्कर्ष निकालेको थियो । अन्ततः रियलले छायाँमा बस्ने र पिएसजीबाट कुनै प्रतिक्रियाको प्रतिक्षा गर्ने निर्णय गरेको थियो । रियलले नेइमारलाई स्थायी ट्रान्सफर गर्नुभन्दा लोनमा ल्याउन चाहेको थियो किनकि उनलाई स्थायी ट्रान्सफर गर्दा रियलमाथि झण्डै ५०० मिलियन युरोको भार पर्ने स्थिति थियो ।

यही बेला लियोनेल मेस्सी र अन्य खेलाडीको दबाबमा बार्सिलोनाको बोर्डले पिएसजीसँग छलफल गरेर नेइमारको सम्भावित क्याम्प नोउ पुनरागमनबारे कुरा गर्यो । तर, पिएसजीले बार्सिलोनाका हरेक अफर अस्वीकार गर्यो । अन्ततः कुनै नतिजा निस्किएन । यद्यपि नेइमारका पिताले भने हार मानेका छैनन् । उनले बार्सिलोनासँग कुरा बिग्एिको सुन्नासाथ रियल मड्रिडका अधिकारीहरुलाई फोन गरिरहेका छन् । नेइमार आफैं पनि रियल जान चाहँदैनन् र रियल पनि उनलाई अनुबन्ध गर्न चाहँदैन । अर्कोतर्फ यो डीलको लागि रियलसँग पर्याप्त आर्थिक स्रोत पनि छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *