गौ हत्या प्रकरणः दैलेख जिल्ला समन्वय समितिले नेपालगञ्ज उपमहानगरसँग मागेको थियो गाई

डिसी नेपाल
१८ भदौ २०७६ २०:४०

काठमाडौं। बाँकेको नेपालगञ्ज उपहानगरपालिका छाडा छोडिएका गाई–गोरु व्यवस्थापन कसरी गर्ने भन्ने तनावमा रहेको बेला उसले एक सुनौलो अवसर पायो जिल्ला समन्वय समिति दैलेखबाट।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा र उपप्रख लक्ष्मि शाहले नेपालगञ्ज उपमहानगरपालिकालाई गाई पठाउन सिफारिस गर्यो। यही भदौ ८ गते जिल्ला समन्वय समिति दैलेखको पत्रसंख्या ०७६–०७७ चलानी नम्बर ४८ को पत्र नेपालगञ्ज उपमहानगरपालिकालाई पठायो। जसमा जिल्लाका पञ्चकोशी तीर्थस्थल तथा नारायण नगरपालिकामा पाल्न मिल्ने गाई पठाई दिन अनुरोध गरिएको छ ।

जिससको पत्रपछि नेपालगञ्ज उपमहानगरपालिकाले यही भदौ १२ गते ८ वटा ट्रकमा गाई दैलेखतर्फ पठायो। गाई रातीको समयमा सुर्खेतको विरेन्द्रनगरबाट कटकुवातर्फ ल्याइएको प्रहरी बताउँ छ। तर, शुक्रबार गाई कटकुवामा मृत भेटिए। जिउँदै गाई पनि त्यहाँ छोडिएको थियो।
यो प्रकरणमा गृहमन्त्रालय छानविन गर्न समिति बनाइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *