बोमन इरानीका विषयमा तपाइँलाई कति थाहा छ?
मुम्बई। बलिउड अभिनेता बोमन इरानी आफूलाई शानदार अभिनेताका रुपमा स्थापित गर्न सफल भएका छन्। तर उनको करियरमा दुई फिल्म यस्ता छन् जसका कारण उनको लोकप्रियता झन उचाइमा मात्र पुर्याएन बक्स अफिसमा पनि सफलताको झण्डा गाडे। यी दुवै फिल्म राजकुमार हिरानीको निर्देशनमा बनेका थिए।
२००४ मा रिलीज भएको फिल्म मुन्नाभाई एमबीबीएसमा बोमनले एउटा मेडिकल कलेजको डीन डा. अस्थानाको भूमिका निर्वाह गरेका थिए। उनलाई जब रिस उठ्थ्यो, तब उनी हाँस्न थाल्थे। जसले परिस्थिति निकै रमाइलो हुन्थ्यो। फिल्ममा संजय दत्त एक विद्यार्थीका रुपमा उनलाई निकै दुख दिन्थे।
यो सुपरहिट फिल्मले संजय दत्तको करियरलाई नयाँ दिशा दिएको थियो भने यो फिल्म उनको करियरको सबैभन्दा हिट फिल्म थियो। संजय दत्तसँग डा. अस्थानाको रुपमा बमन इरानीको अभिनयलाई निकै मन पराइएको थियो।
त्यसको पाँच वर्षपछि बोमन एकपटक फेरि कलेजका डीनको रुपमा अभिनयमा देखिए। तर यो पटक उनी मेडिकल होइन इन्जिनियरिङ कलेजका डीन थिए। यो कलेजमा बमनको भेट अमिर खान, शरमन जोशी, माधवन जस्ता विद्यार्थीसँग भयो।
बाेमन कलेजमा यी तीनै जनाको अवस्था नाजुक बनाउन कुनै मौका गुमाउँदैन थिए। आफ्नो सिरियस अन्दाजमा कयौं रमाइला हर्कत गर्थे। २००९ मा रिलीज भएको यो फिल्म थ्री इडियट्सले बक्स अफिसको कयौं रेकर्ड तोडेको थियो।
बलिउड र अमिर खानको करयिरको पहिलो फिल्म थियो जसले दुई सय करोड भन्दा धेरैको व्यापार गरेको थियो। त्यस बाहेक यो फिल्मले चीन र जापानमा पनि राम्रो व्यापार गर्न सफल भएको थियो। यो फिल्मले विश्वव्यापी रुपमा ४०० करोडको व्यापार गरेको थियो।
Facebook Comment