‘नादेझ्दा कप’ खेल्न राष्ट्रिय महिला फुटबल टिम किर्गीस्तान प्रस्थान
काठमाडौं । किर्गीस्तानमा आयोजना हुने ‘नादेझ्दा कप’ फुटबलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिम त्यसतर्फ प्रस्थान गरेका छन् ।
पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपका लागि १८ खेलाडी २३ सदस्सीय नेपाली टिम बिहिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार १८ सदस्सीय नेपाली टोलीको घोषणा गरेको थियो । यस्तै एन्फाले बुधबार नै नेपाली टोलीको विदाई गरेको थियो ।
नेपालले यस प्रतियोगितालाई घरेलु भूमिमा आयोजना हुने १३ औं सागको तयारीको रुपमा लिएको छ । नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले घरेलु टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।
नेपाली टिमः
गोलकिपरः एन्जिला सुब्बा, अन्जना राना मगर
डिफेन्डरः हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी
मिडफिल्डरः मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु
फरवार्डः सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई
मुख्य प्रशिक्षकः हरि खड्का
सहायक प्रशिक्षकः अरुणा गुरुङ
गोलकिपर प्रशिक्षकः अस्मिता खवास
टिम म्यानेजरः पेमा लामा
Facebook Comment