खानेपानी प्राधिकरण बनाउनुपर्ने सांसदहरुको प्रस्ताव

डिसी नेपाल
१९ भदौ २०७६ १८:१८

काठमाडौं। प्रतिनिधि सभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धि सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ । विकासा तथा प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका सांसद राजन केसीले खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरे।

काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धि काम गर्न भिन्न भिन्न कार्यालयहरु भएकोले जनताले दुःख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नु पर्ने बताए। विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेश गरेको खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भैरहेको छ । छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताए।

यस्तै समितिमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न गरे। बैठकमा उपस्थित भएकी खानेपानी तथा सरसफाई मन्त्रि बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गरेका थिए।

नेपाल सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाई सेवा प्राप्त गने नागरिकको मौलिकअधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गणुस्तरीय खानेपानी र सरसफाइ सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोरपानीको व्यवस्थापन गने भन्दै पहिलो पटक खानेपानी तथा सरसफार्इ सम्बन्धमा बिधेयक बनाई सदनमा पेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *