यू–१५ महिला राष्ट्रिय टिम घोषणा

डिसी नेपाल
१९ भदौ २०७६ १८:३५

काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यू–१५ फुटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहिबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रारम्भिक चरणमा रहेका ४२ खेलाडीबाट अन्तिम टोलीको छनोट गरेका हुन्।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आयोजना हुने साफ आगामी असोजमा हुँदैछ । नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ ।

यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।

नेपाली टिम :

गोलरक्षक : सावित्री किशन, पुजा थापा, लिला जोशी

डिफेन्डर : कुमारी तामाङ, सरु हमाल, मन्जु खड्का, प्रतिक्षा चौधरी, दिभ्या एस्मली मगर, सविना चौधरी, पुष्पा गुरुङ

मिडफिल्डर : अनु राई, सुरक्षा सुखरीया, ममता पुन, सरा बज्राचार्य, मन माया धामी, सुस्मा जिटी, मनिषा राउट, संकला राई, अस्मिता रानाभाट
स्ट्राइकर : प्रिती राई, अमिशा कार्की, मन्दिरा राई, नितिका थोकर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *