महिलामाथि कुकृत्य गरेको अभियोगमा ७७ वर्षीय वृद्ध पक्राउ
उदयपुर। उदयपुर प्रहरीले एक वृद्धलाई बलात्कार आरोपमा पक्राउ गरेको छ।३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–७ पानी ट्याङकीस्थित बस्ने ७७ वर्षीय केशर बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
Facebook Comment