हेलिकप्टरमै जन्मियो बच्चा

डिसी नेपाल
१९ भदौ २०७६ १९:२६

जाजरकोट। जाजरकोटमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकेप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ ।

तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाघ्दासम्म सुत्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५ वर्षीय सङ्गीता सिंह (शाही)लाई उद्धार गर्न हेलिकप्टरमा राखेलगत्तै छोराको जन्म भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताए। भदौ १६ गते सुत्केरी हुने व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौ १७ गते पजारु स्वास्थ्य चौकीमा लगेका थिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहीबार गाउँपालिका–१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकप्टरमार्फत सुर्खेत पठाउने तयारी हुँदाहुँदै बच्चा जन्मिएको हो ।

अहिले आमाको अवस्था गम्भीर रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर विसीले जानकारी दिए। आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका अनुसार सङ्गीतालाई अत्यधिक रक्तश्राव भइरहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *