सेरेना युएस ओपन टेनिसको फाइनलमा

डिसी नेपाल
२० भदौ २०७६ ८:१०

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

शुक्रबार बिहान भएको सेमिफाइनलमा युक्रेनकी एलिना स्विटोलिनालाई पराजित गर्दै सेरेना उपाधि नजिक पुगेकी हुन् । आठौं वरियताकी सेरेनाले स्विटोलिनालाई ६–३ र ६–१ को सेटमा पराजित गरिन् ।

६ पटकको च्याम्पियन सेरेनाले अब फाइनलमा बेलिन्डा बेनिसिच र बियांका आन्द्रेसस्कुबीचको विजेतासँग खेल्नेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *