युरो छनोटमा इटालीको अपराजित यात्रा कायम

डिसी नेपाल
२० भदौ २०७६ ९:१७

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा इटालीले पाँचौं जित निकालेको छ । बिहिबार राति भएको खेलमा १० खेलाडीमा सिमित अर्मेनियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इटालीले अपराजित यात्रा कायम राखेको हो ।

अर्मेनियाको घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर इटालीले जित निकालेको हो । खेलको ११ औं मिनेटमा एलेक्सजेण्डरले गोल गर्दै अर्मेनियालाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको २८ औं मिनेटमा आन्द्रे बेलोट्टीले गोल गर्दै इटालीलाई खेलमा फर्काए । खेलको ४५ औं मिनेटमा एलेक्सजेण्डरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पहिलो हाफमै अर्मेनिया १० खेलाडीमा समेटियो । जसको फाइदा इटालीले उठायो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले थप दुई गोल गर्यो । खेलको ७७ औं मिनेटमा लोरेन्जो पेल्लीग्रिनीले गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा बेलोट्टीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३–१ को जित दिलाए ।

जितसंगै समूह जे को इटालीले ५ खेलबाट १५ अंक जोडेको छ । अर्मेनियाको यो तेस्रो हार हो । चौंथो स्थानको अर्मेनियाले ५ खेलमा ६ अंक जोडेको छ । यस समूहमा १० अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *