यू–१९ एसिया कपः नेपालले टस जितेर ब्याटिङ रोज्यो

डिसी नेपाल
२० भदौ २०७६ ९:४२

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदान कोलम्बोमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

नेपाल र श्रीलंकाबीचको पछिल्लो हेड टु हेड नतिजामा घरेलु टिम बलियो देखिएको छ । यू–१९ एसिया कपको पछिल्लो ५ खेलमा नेपालले श्रीलंकालाई हराउन सकेको छैन ।

नेपालको प्लेइंग ११

रोहित कुमार पौडेल, भिम शार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमल सिंह ऐरी, रित गौतम, पवन शर्राफ, राशिद खान, सुर्या तामाङ, हरी बहादुर चौहान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *