सारालाई चिन्नै मुस्किल !
मुम्बइ। बलिउड अभिनेत्री सारा अली खानले सामाजिक संजालमा एउटा पुरानो तस्वीर शेयर गरेकी छिन् । यो तस्वीरमा सारा निकै फरक देखिएकी छिन् । तस्वीरमा सारा आमा अमृता सिंहसँग छिन् र निकै मोटी देखिएकी छिन् जसका कारण उनलाई चिन्नै मुस्किल भएको छ ।
फिल्ममा आउनुभन्दा अगाडि साराको तौल ९६ किलो थियो । तौल घटाउन उनको लागि सबैभन्दा मुस्किल साबित भयो । खासमा उनलाई पीसीओडीको समस्या छ जसका कारण बढिरहेको तौल नियन्त्रण गर्न निकै समस्या हुन्छ । तर, उनले कडा मेहनत गरेर तौल घटाइन् । साराले १२ अगस्टमा आफ्नो २६ औं जन्मदिन मनाइन् । सारा अहिलेसम्म २ फिल्ममा देखिइसकेकी छिन् ।
प्रतिक्रिया
Facebook Comment