यू–१९ एसिया कपः नेपालको खराब सुरुवात, वर्षा बाधक हँदा खेल प्रभावित

डिसी नेपाल
२० भदौ २०७६ ११:००

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालको पहिलो खेल वर्षाका कारण प्रभावित भएको छ। कोलम्बोमा आयोजक राष्ट्र श्रीलंका सँग भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।

पहिला ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ। नेपालले ९ ओभरको खेल सकिँदा ४३ रन बनाएर २ विकेट गुमाएको छ। नेपालले पहिलो विकेटको रुपमा ओपनर पवन सर्राफलाई गुमाएको थियो। उनी १३ बलमा मात्र ४ रन बनाएर पवेलियन फर्किए । यस्तै दोस्रो विकेटमा आशिफ शेख आउट भए। उनले पनि मात्र ७ रन बनाउन सके।

९ ओभरको खेल सकिँदा अहिले मैदानमा ओपनर रित गौतम र कप्तान रोहित पौडेल रहेका छन्। रितले २१ रन बनाएका छन भने रोहितले २ रन बनाएका छन्। यस्तै श्रीलंका लागि दिल्सान मधुसनाकाले २ विकेट लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *