नेपालले सिंगापुर र जिम्बाब्वेसँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने!

डिसी नेपाल
२० भदौ २०७६ १३:०३

काठमाडौं । नेपालले सिंगापुरमा तीन राष्ट्रबीच आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएको छ । सिंगापुर क्रिकेट एसोसियसनले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक सिंगापुर र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुनेछ ।

सिंगापुर क्रिकेटको अनुसार सिरिज सेप्टेम्बर २७ गतेबाट अक्टोबर ३ सम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो । घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपाल यो सिरिजपछि ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी–ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *