मोहम्मद शमीपछि अर्का भारतीय फास्ट बलर पुलिसको फन्दामा

डिसी नेपाल
२० भदौ २०७६ १४:३५

एजेन्सी। भारतीय क्रिकेटर मोहम्मद शमीलाई पक्राउ गर्न आदेश दिइएको केही दिनमै अर्का भारतीय क्रिकेटर पुलिसको फन्दामा परेका छन् । भारतीय राष्ट्रिय टिमका पूर्व पेसर मुनाफ पटेलविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोपसहित उजुरी परेको छ । गुजरातको वडोदरामा उनीविरुद्ध उजुरी परेको हो । वडोदरा क्रिकेट हित रक्षक समितिका अध्यक्ष देवेन्द्र सुरतीले उजुरी दिएका हुन् ।

देवेन्द्रका अनुसार उनी वडोदरा क्रिकेट एसोएिशनमा फैलिएको भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका छन् । यही कारण मुनाफले उनलाई धम्की दिएका हुन् । देवेन्द्रले वडोदराको नवापुर पुलिस स्टेशन गएर पटेलविरुद्ध उजुरी दिएका हुन् । उनका अनुसार आफूले चलाएको भ्रष्टाचारविरोधी अभियानको क्रममा उनले मुनाफ पटेलका बारेमा केही जानकारी पाएका थिए । यस सम्बन्धमा उनले स्थानीय मिडियालाई जानकारी दिए । स्थानीय अखबारहरुमा पनि युवा क्रिकेटरको हवाला दिँदै मुनाफविरुद्ध समाचार प्रकाशित भयो ।

देवेन्द्रका अनुसार यही कुराले मुनाफले उनलाई फोन गरेर मारिदिने धम्की दिएका हुन् । देवेन्द्रले मुनाफको धम्कीपछि आफ्नो ज्यान खतरामा रहेको जिकिर गरेका छन् । आफूलाई केही भएमा त्यको लागि मुनाफ नै जिम्मेवार हुने उनले उल्लेख गरेका छन् । पूर्व विद्यार्थी नेता सुरतीका अनुसार उनी सक्षम खेलाडीलाई अगाडि ल्याउँछन् र खेलमा व्याप्त भ्रष्टाचारविरुद्ध अभियान चलाउँछन् । यही कारण उनलाई धम्की आउँछ । पुलिसले देवेन्द्रको उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *