मालिंगाले बनाए क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान, लगातार ४ बलमा ४ विकेट

डिसी नेपाल
२० भदौ २०७६ २१:३३

काठमाडौं। श्रीलंका र न्यूजिल्याण्डबीचको तीन खेलको टि ट्वान्टी क्रिकेट सिरिजको शुक्रबार अन्तिम खेल जारी छ।

पाल्काले मैदानमा जारी खेलमा श्रीलंकाका कप्तान लसिथ मालिंगाले क्रिकेटमा दुर्लभ विश्वकीर्तिमान बनाएका छनु्। उनले ४ विकेटसहितको ह्याट्रिक लिँदै यस्तो सफलता पाउने पहिलो बलर बनेका छन्।

उनले खेलको तेस्रो ओभरमा तेस्रो बलबाट अन्तिम बलसम्म लगातार ४ विकेट लिएँदै विश्व कीर्तिमान बनाएका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ४ विकेट लिने उनी मात्र एक खेलाडी हुन्। उनले यस्तो सफलता अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक पाएका हुन्। यसअघि ओडिआईमा उनले २००७ मा पनि लगातार ४ विकेट लिएका थिए।

शुक्रबार उनको पहिलो शिकार बने कोलिन मुनरो। उनी बोल्ड भएका थिए। दोस्रो शिकार रदरफोर्ड बने, उनी एलबीडब्ल्यू भएका थिए।

श्रीलंकाले रिभ्यु लिएर उनको विकेट प्राप्त गरेको थियो। पाँचौ बलमा कोलिन डि ग्राण्डहोमलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेका मालिंगाले अन्तिम बलमा रोस टेलरलाई एलबीडब्ल्यू गर्दै लगातार ४ विकेट लिएका हुन्।

खेलमा पहिला ब्याटिंग गर्दैै श्रीलंकाले ८ विकेटमा १२५ रन बनाएको थियो। १२६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ५ ओभरमा ५ विकेट गुमाउँदै २३ रन बनाएको छ। मालिंगाले ५ विकेट लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *