इनोभेटिभ सेमिफाइनलमा

डिसी नेपाल
२० भदौ २०७६ २२:३१

काठमाडौं। इनोभेटिभ १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई २१–८ ले पराजित ग¥यो । इनोभेटिभकी सब्यता महर्जनले ८ अंक जोडिन् । सिनियर गल्र्समै काठमाडौं जेभियरले स्पाङगेललाई २४–१२, एसियन पब्लिकले चैतन्यलाई २३–१२ र स्वप्न वाटिकाले अक्सिडेन्टललाई २०–१० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा एसियनले एआईएलाई १८–१५, हेम्सले इनोभेटिभलाई १६–१२, चैतन्यले काठमाडौं जेभियरलाई १२–६ र स्वप्न वाटिकाले सनसाइनलाई १७–८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *