साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

डिसी नेपाल
२० भदौ २०७६ २३:११

काठमाडौं। नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ (अठार वर्षमुनी) च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रारम्भिक चरणमा रहेका ३० खेलाडीमध्येबाट २५ खेलाडी छनोट गरिएको जानकारी दिए।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा उक्त च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

छनोट भएका खेलाडीमा गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल र नितिन थापा तथा स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा पाकिस्तान, माल्दिभ्स र भुटान छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *