पाकिस्तानका पूर्व क्रिकेटर कादिरको निधन

डिसी नेपाल
२१ भदौ २०७६ ७:४५

एजेन्सी । पाकिस्तानका पूर्व लेग स्पिनर अब्दुल कादिरको शुक्रबार हृदयघातका कारण निधन भएको छ। ६३ वर्षीय कादिरको लाहोरमा निधन भएको हो। पाकिस्तान क्रिकेट बोर्डले आफूहरू कादिरको निधनले स्तब्ध भएको प्रतिक्रिया दिएको छ।

कादिरले पाकिस्तानका लागि सन् १९७७ देखि १९९३ सम्म क्रिकेट खेलेका थिए। यसक्रममा उनले ६७ टेस्ट तथा १०४ वान डे खेलेका थिए। आफ्नो समयका दिग्गज स्पिनरमा गनिने कादिरले सन् १९८७ मा इङ्ल्याण्डविरूद्ध लाहोरमा खेलिएको ३ टेस्ट म्याचको सिरिजमा ३० विकेट लिएका थिए जसमा उनले एक पारीमा ५६ दिएर ९ विकेटको सर्वश्रेष्ठ बलिङ सामेल छ।

यस्तै पाकिस्तानका लागि दुई विश्वकप खेलेका उनले छोटो समय पाकिस्तानी टोलीको कप्तानीसमेत सम्हाल्ने मौका पाएका थिए। संन्यासपछि भने उनी पाकिस्तानी टोलीको मुख्य चयनकर्ता तथा कमेन्टेटरको भूमिकामा सक्रिय रहेका थिए। सन् १९७७ मा इङ्ल्याण्डविरूद्ध खेल्दै टेस्टमा पदार्पण गरेका उनले ६७ टेस्टमा २३६ विकेट र १०४ वान डेमा १३२ विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *