हाजार्ड बिना बेल्जियमको शानदार जित

डिसी नेपाल
२१ भदौ २०७६ ८:४०

एजेन्सी । ईडेन हाजार्ड बिनाको बेल्जियमले युरो छनोटमा सहज जित निकालेको छ । बेल्जियमले युरोकप छनौट अन्तर्गतको खेलमा शुक्रबार सान मारिनोलाई ४–० ले पराजित गरेको छ।

शुक्रबार राति समुह आई अन्तर्गत भएको खेलमा बेल्जियमका लागि मिची बात्शुयीले दुई तथा ड्रिएस मर्तेन्स र कासर चाड्लीले एक एक गोल गरे। यस खेलमा बेल्जियमले खेलको ४३ औं मिनेटमा मिचीको गोलमा अग्रता लिएको थियो। उनले पेनाल्टी मार्फत सो गोल गरेका हुन्।

पहिलो हाफमा १–० को अग्रता कायम गरेको बेल्जियमले बाँकी ३ गोल खेलको दोश्रो हाफमा गर्‍यो। मर्तेन्सले टोलीका लागि ५७ औं मिनेटमा गोल गरेका थिए भने कासरले ६३ औं मिनेटमा गोल गरे।

यसैगरी टोलीलाई अग्रता दिलाएका मिचीले अतिरिक्त समयको दोश्रो मिनेटमा व्यक्तिगत दोश्रो तथा टोलीका लागि चौथो गोल गरे। हाजार्ड चोटका कारण बेल्जियमको टिम बाहिर रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *