‘ए’ डिभिजन लिग मंसिर २८ देखि 

डिसी नेपाल
२१ भदौ २०७६ १०:५४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ती निकाल्दै ए डिभिजन लिग मंसिर २८ गतेबाट हुने जनाएको हो । यस्तै एन्फाले अर्को सालबाट भने स्थायी रुपमा नोभेम्बर १ गतेबाट लिग गराउने निर्णय गरेको छ।

लिगमा ए डिभिजनका १४ क्लबले खेल्नेछन् । प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ। एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *