युरो छनोटमा क्रोएसिएयाको सहज जित

डिसी नेपाल
२१ भदौ २०७६ १२:१७

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा क्रोएसियाले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियाले स्लोभाकियालाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

स्लोभाकियाको मैदानमा क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, इभान पेरिसिच, ब्रुनो पेट्कोभिच र डेजान लोभ्रेनले एक एक गोल गरे।क्रोएसियाले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै सहज जित निकालेको हो । खेलको ४५ औं मिनेटमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा इभानको गोलबाट क्रोएसियाले अग्रता २–० को बनायो । ७२ औं मिनेटमा ब्रुनोले गोल गर्दै क्रोएसियाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा डेजानले गोल गर्दै क्रोएसियालाई ४–० को जित दिलाए ।

जितसँगै समूह ई को क्रोएसियाले ४ खेलबाट ९ अंक जोडेको छ । र, क्रोएसिया तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित स्लोभाकिया ४ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा छ । यस समूहमा हंगेरी ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *