शुटिङ गर्न जाँदा किन प्याज खाएर जान्थे धर्मेन्द्र ?
मुम्बई । एक जमानाकी चर्चित कलाकार अभिनेत्री आशा पारेख र वहीदा रहमानले केही समय अगाडी गायन रियालेटी शो ‘सुपरस्टार सिंगर’ को एक विशेष एपिसोट सुट गराएका छन् । यही अवसरमा अभिनेत्री आशा र धमेन्द्रको एक भिडियो क्लिप देखाइएको थियो । जसमा धमेन्द्रको साथमा आशाको एक रोचक कहानी थियो ।
यही अवसरमा आशाले बताईन कि धमेन्द्र सुटिङको समयमा प्याज खाएर जाने गरेका थिए ताकि उनको मुखबाट रक्सीको गन्ध नआओस् । धमेन्द्रको अनुसार एक कहानी त्यतिबेला आएको थियो । आशा पारेखको साथमा फिल्म ‘आए दिन बहार’ (१९६६) को सुटिङ दार्जलिङमा भइरहेको थियो । यो फिल्मको समयमा आशा र धमेन्द्रको निकै रमाइलो घटना भएको थियो ।
धमेन्द्रले रक्सी खाएर गएका थिए त्यही कुरा सेटमा थाहा नहोस भन्नको लागि उनले प्याज खाएका थिए । यो कुरा सेटमा सबैले थाहा पाएर धेरै जिस्काएका थिए । आशा र धमेन्द्रको धेरै फिल्महरु हिट भएका छन् । धमेन्द्र आशालाई जुबली पारेख भनेर बोलाउथे । उनीहरु सुटिङको समयका अल्छी लाग्यो भने प्याकअप गर्थे र रातभरी धमाकेदार पार्टी गर्थे । त्यहा सबै भन्दा धेरै रक्सी पिउनेमा धमेन्द्रमात्र हुन्थे । जसलाई जति पिए पनि नसा चढ्दैन थियो ।
Facebook Comment