कर्मचारी संगठनलाई उपाधि

डिसी नेपाल
२१ भदौ २०७६ २२:०५

काठमाडौं। निजामती दिवसका अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय कर्मचारी संगठनले शनिबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा कर्मचारी संगठनले नेपाल निजामती कर्मचारी संगठनलाई २५–२०, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, खेलकुद मन्त्रालयका उप–सचिव विष्णुप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *