कप्तान केनको ह्याट्रिकमा इंग्ल्याण्डको शानदार जित

डिसी नेपाल
२२ भदौ २०७६ ७:३४

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा इंग्ल्याण्डले तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४–० गोल अन्तरले पराजित गर्दै तेस्रो जित निकालेको हो ।

इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु मैदान वेम्बली स्टेडियममा पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा पेनाल्टीमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २-० को अग्रता दिलाए ।

५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा इंग्ल्याण्डले ४-० को जित निकाल्यो ।

जितसँगै समूह ए को इंग्ल्याण्डले ३ खेलबाट ९ अंक जोडेको छ । अपराजित रहेको इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित बुल्गेरिया पाँच खेलबाट २ अंक जोडेर चौंथो स्थानमा छ ।

युरो छनोट अन्तर्गत नै यसै समूहमा रहेको कोसोभोले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएको छ ।जितसँगै समूहको दोस्रो स्थानमा रहेको कोसोभोले ४ खेलबाट ८ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *