विश्व विजेता फ्रान्सको सहज जित, यूरो छनोटको शीर्ष स्थानमा

डिसी नेपाल
२२ भदौ २०७६ ८:१४

एजेन्सी । विश्व विजेता फ्रान्स युरो छनोटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा अल्बानियालाई ४–१ गोल अन्तरले हराउँदै फ्रान्स युरोपियन च्याम्पियनसिपको छनोटको शीर्ष स्थानमा उक्लिएको हो ।

आयोजकले पाहुना टोली अल्बानियाको राष्ट्रिय गान ढिलो गरि मात्र बजाउँदा खेल १० मिनेट ढिला सुरु भएको थियो । सुरुमा अल्बानियाको राष्ट्रिय गानको समयमा आयोजकले गलत धुन बजाएका थिए । अन्तिममा आयोजकले माफी मागेका थिए ।

किंग्सले कोमनले दुई गोल गरेको खेलमा फ्रान्सले फराकिलो जित निकाल्न सफल भएको हो । फ्रान्सका लागि ओलिभर जिराउड र जोनाथन इकोनिले समेत गोल गरेका थिए ।

 

राफेल भरानोको पासमा खेलको आठौं मिनेटमा कोमनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औ मिनेटमा लुकास हर्नाल्डेजको क्रममा जिराउडले फ्रान्सको अग्रता दोब्बर पारे ।

६८ औ मिनेटमा जिराउडले ब्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० ले अघि बढाए । ८५ औ मिनेटमा इकोनिले डेब्यु गोल गर्दै फ्रान्सको फराकिलो जितको आधार तयार गरेका थिए ।

खेलको अन्तिम मिनेटमा सोकोल सिकलेशीले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको हार अन्तर घटाउने काम गरे । फ्रान्स चोटका कारण मुख्य खेलाडी केलियन एम्बाप्पे, पाउल पोग्बा र उसमान डेम्बेलेबिना मैदान उत्रिएको थियो । समुह एचको शीर्ष स्थानको फ्रान्सले ५ खेलबाट १२ अंक जोड्यो । अल्बानिया ६ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *