राष्ट्रिय फुटबल टोली ताईपेइ प्रस्थान

डिसी नेपाल
२२ भदौ २०७६ ८:५३

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत चाइनिज ताईपेइसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

विश्वकप छनोट अन्तर्गत दोस्रो खेल खेल्न नेपाली टिम शनिबार राति चाइनिज ताईपेइ प्रस्थान गरेका छन् । छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा ताईपेइसँग मंगलबार उसैको मैदानमा खेल्नेछ । यसअघि छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग फराकिलो हार व्यहोरेको थियो ।

बिहिबार राति नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोल अन्तरले पराजित भएको थियो । तर, छनोटको समूह बी रहेको नेपालले ताईपेइविरुद्धको खेलमा भने अंक जोड्ने लक्ष्य बनाएको छ ।

नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । चोटका कारण डिफेन्डर अजित भण्डारी र ज्वरोको कारण फरवार्ड नवयुग श्रेष्ठ टिमबाहिर रहेका छन् । अजितको स्थानमा रवी सिलवाल र नवयुगको स्थानमा विमल रानालाई टिममा राखिएको छ । भिसा समस्याको कारण रवी भने टिमसँग गएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *