यू–१९ एसिया कपः नेपालले पहिला ब्याटिङ गर्ने

डिसी नेपाल
२२ भदौ २०७६ ९:४१

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार बिहान १०ः१५ बजे कोलम्बोमा हुने खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

आजको खेलमा नेपाललाई ‘गर या मर’ को अवस्था रहेको छ। शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएपछि अघिल्लो चरण कठिन भएको हो ।

आजको खेलमा नेपाल विजयी भए अघिल्लो चरणको सम्भावना कायमै रहनेछ । पराजित भए सेमिफाइनल खेल्ने सम्भावना सकिने छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो । आज नेपालले टिममा एक परिवर्तन गरेको छ।

नेपालको प्लेइंग ११ः

रोहित कुमार पौडेल, भिम शार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमल सिंह ऐरी, रित गौतम, पवन शर्राफ, राशिद खान, सन्दिप जोरा, हरी बहादुर चौहान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *