भान डाइक लिभरपुलमै बस्ने!

डिसी नेपाल
२२ भदौ २०७६ १०:२५

एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक क्लबमै बस्न सहमत भएका छन् ।

डाइक लिभरपुलसँग लामो समयको अनुबन्ध सम्झौता नवीकरण गर्न राजी भएका छन् । इन्ग्लिश मिडियाका अनुसार डाइक क्लबसँग ६ वर्षको नयाँ सम्झौता गर्न राजी भएका छन् ।

डच डिफेन्डर डाइक सन् २०१८ मा ७५ मिलियनमा एनफिल्ड आएका थिए । उनको क्लबसँगको सम्झौता अझै ४ वर्ष बाँकी रहेको छ । तर, डाइक सम्झौता सकिनु अघि नै हरेक साता २ लाख मिलियन पाउने गरी क्लबसँग नयाँ सम्झौता गर्न राजी भएका छन् ।

डाइकले क्लब आएपछि लिभरपुलले च्याम्पियन्स लिग र सुपर कप जितेका छन्। गत साता डाइक युइएफए वर्ष खेलाडी समेत घोषित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *