टेस्ट मान्यता प्राप्त देश बंगलादेशलाई नेपालले दियो २६२ रनको बलियो लक्ष्य

डिसी नेपाल
२२ भदौ २०७६ १३:०६

काठमाडौं। अण्डर १९ एशिया कप अन्तर्गत आजको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गरेको छ । नेपालले टेस्ट मान्यता प्राप्त देश बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ । ५० ओभरको खेलमा यत्तिको लक्ष्यलाई डिफेण्ड गर्न सकिने मानिन्छ । नेपाललाई प्रतियोगितामा कायम रहिरहन आजको खेल जित्नैपर्ने हुन्छ । आजको खेल जितेमा नेपाललाई सेमिफाइनल पुग्न सहज हुनेछ । किनकि नेपालले अर्को खेल समूहमा सबैभन्दा कमजोर देखिएको युएइसँग मात्र खेल्न बाँकी हुनेछ ।

आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको हो । नेपालको लागि ओपनर पवन सर्राफले सबैभन्दा धेरै ८१ रन बनाए । सन्दिप जोराले तुफानी इनिङ खेल्दै ३७ बलमै ५६ रन बनाए । रित गौतमले ३२, कुशल मल्ले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *