अफगानिस्तानले आफू बलियो अवस्थामा रहँदै बंगलादेशलाई दियो ३९८ रनको लक्ष्य

डिसी नेपाल
२२ भदौ २०७६ १४:१७

काठमाडौँ । अफगानिस्तानले बंगलादेशलाई जारी टेस्ट खेलमा ३९८ रनको लक्ष्य दिएको छ । आइतबार आफ्नो दोस्रो इनिंगमा अफगानिस्तान २६० रनमा अल आउट भएपछि पहिलो इनिंगमा १३७ रनको अग्रतासहित बंगलादेशमाथि ३९७ रनको अग्रता लिएको छ ।

अफगानिस्तानको दोस्रो इनिंगमा इब्राहिम जरदानले सर्वाधिक ८७ रन बनाएका थिए भने अस्घर अफगानले ५० रन बनाएका थिए । त्यस्तै अफसर जजईले ४८, कप्तान राशिद खानले २४ रन बनाएका थिए । बंगलादेशका लागि बलर कप्तान शकिब अल हसनले ३ विकेट लिएका थिए भने मेहिदी हसन, तैजुल इस्लाम र नयीम हसनले २-२ विकेट लिएका थिए ।

यसअघि अफगानिस्तानले पहिलो इनिंगमा ३४२ रन बनाएको थियो भने बंगलादेश २०५ रनमा अल आउट भएको थियो । आज टेस्टको चौथो दिन भएकाले यस टेस्टको नतिजा आउने देखिएको छ । आफ्नो तेस्रो टेस्ट खेलिरहेको अफगानिस्तान यस टेस्टमा बलियो अवस्थामा देखिएको छ । अफगानिस्तानले यस अघि खेलेका दुई टेस्ट मध्ये भारतसँग पराजित भएको थियो भने आयरल्याण्डमाथि जित हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *