संघर्षपूर्ण खेलमा नेपालको हार, एशिया कपबाट बाहिरियो

डिसी नेपाल
२२ भदौ २०७६ १७:०७

काठमाडौं। अण्डर १९ एशिया कप अन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशसँग संघर्षपूर्ण खेलमा पराजित हुँदै एशिया कपबाटै बाहिरिएको छ । आजको खेलमा नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले अन्तिम ओभरमा ४ बल बाँकी छँदा ४ विकेटको क्षतिमा हासिल गरेको छ । बंगलादेशलाई जिताउन कप्तान अकबर अलीले नटआउट ९८ रन बनाए ।

बंगलादेशका लागि तौहिद ह्रिदोयले ६० र महदुल हुसेन रोयले ४० र शमिम हुसेनले नटआउट ४२ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागि कमलसिंह ऐरीले २ विकेट लिए । राशिद खान र हरिबहादुर चौहानले १–१ विकेट लिए ।

आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको थियो । नेपालको लागि ओपनर पवन सर्राफले सबैभन्दा धेरै ८१ रन बनाए । सन्दिप जोराले तुफानी इनिङ खेल्दै ३७ बलमै ५६ रन बनाए । रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *