इनोभेटिभ र स्वप्न वाटिका फाइनलमा

डिसी नेपाल
२२ भदौ २०७६ २१:४३

काठमाडौं। इनोभेटिभ र स्वप्न वाटिका १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

इनोभेटिभले एसियन पब्लिकलाई ३९–२० ले पराजित गर्यो । इनोभेटिभकी सभ्यता महर्जनले २० अंक जोडिन् । स्वप्न वाटिकाले काठमाडौं जेभियरलाई २३–१३ ले हरायो । स्वप्न वाटिकाकी सम्झना शाहीले ७ स्कोर गरिन् ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा न्यु समिट र काठमाडौं जेभियर उपाधिका लागि भिड्ने छन् ।

न्यु समिटले स्पाङगेलको चुनौती ६४–५० ले पाखा लगायो । न्यु समिटका राहुल शर्मा र सशांक महर्जनले समान २७–२७ अंक जोडे । स्पाङगेलका रोहित बलामीले ३७ स्कोर गरेपनि जितका लागि पर्याप्त रहेन । काठमाडौं जेभियरले एसियनमाथि ६०–५२ को जित दर्ता ग¥यो । काठमाडौं जेभियरका रोहन दासले १९ अंक बटुले ।

शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) मा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा एसियन र स्वप्न वाटिका फाइनलमा पुगे ।

एसियनले हेम्सलाई १६–१० ले पन्छायो । एसियनका अनुपम ऐरले ६ अंक जोडे । स्वप्न वाटिकाले चैतन्यलाई १८–१० ले पराजित ग¥यो । स्वप्न वाटिकाका अश्विक केसीले ५ स्कोर गरे । फाइनल सोमबार हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *