४९ वर्ष पुरानो फुटबल स्टेडियममा रोपियो ३०० रुख, प्रतिवर्ष ३५३८० को अक्सिजन

डिसी नेपाल
२३ भदौ २०७६ ८:३२

एजेन्सी। अष्ट्रियाको ४९ वर्ष पुरानो वर्दरसी स्टेडियमले निकै अनौठो र पर्यावरण प्रति निकै सकारात्मक कदम उठाएको छ। १९६० बाट यो मैदानमा फुटबल खेल हुँदै आएका थिए।

तर अब यहाँ खेल हुँदैन। मैदानको बीचमा अहिले करिव ३०० रुख रोपिएका छन्। अब स्टेडियममा मानिस खेल हेर्न होइन, रुखको पदर्शनी हेर्न आउँछन्। रुख हेर्न टिकट काट्नुपर्छ।

यो प्रदर्शनीलाई मध्यनजर गर्दै आइतबारदेखि स्ट्याण्ड्स खोलिएको छ। एक पटकमा ३० हजार मानिस यहाँ आउन सक्छन्। यी रुखबाट प्रत्येक महिना ३५३८० (७८ हजार पाउण्ड) किलोग्राम अक्सिजन पनि प्राप्त हुन्छ।

१९७० मा म्याक्स पिटनरले एउटा पेन्सिल स्केच बनाएका थिए। यही स्केच र स्केचसँगै दिएको सन्देशलाई थिम बनाएर वार्दरसी स्टेडियममा रुख प्रदर्शनीका प्रोजेक्ट म्यानेजर क्लासले काम गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *