नाडालले जिते युएस ओपनको पुरुष सिंगलको उपाधि

डिसी नेपाल
२३ भदौ २०७६ १०:२२

काठमाडौं । यस बर्षको युएस ओपनको पुरुष सिंगलको उपाधि राफाएल नाडालले जितेका छन् । दोस्रो वरियताका नाडालले पाँचौ वरियताका रसियन खेलाडी डानील मेडभेडेभलाई ३-२ को सेटले पराजित गरेका हुन् । करिब ५ घण्टासम्म चलेको खेलमा नाडाल ७-५, ६-३, ५-७, ४-६ र ६-४ ले विजयी भएका हुन् ।

शुरुका दुई सेटमा विजयी भएका नाडाल फेरी लगातार दुई सेटमा पराजित भएपछि मेडभेडेभ खेलमा फर्किएका थिए । अन्तिम सेटमा नाडालले ६-४ ले जित हासिल गर्दै उपाधि जितेका थिए । नाडालको क्यारियरको यो चौथो युएस ओपन उपाधि हो । आफ्नो क्यारियरमा नाडालले यो सहित १९ ग्राण्ड स्लाम उपाधि जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *