युरोकप छनौटमा फिनल्याण्डमाथि इटालीको जित

डिसी नेपाल
२३ भदौ २०७६ १०:३९

काठमाडौं । युरोकप छनौट अन्तर्गत इटालीले फिनल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले फिनल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितका लागि चेल्सीका मिडफिल्डर जोर्जिन्हो र किरो इम्मोबिलेले एक एक गोल गरेका थिए । फिनल्याण्डका लागि एक गोल टीमु पुक्कीले गरेका थिए ।

यो जितसँगै इटाली अहिलेसम्म खेलेका ६ खेलमा १८ अंक हासिल गर्दै समुह जे मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै फिनल्याण्ड खेलमा १२ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

इटालीले अब युरोकप छनौट अन्तर्गत आगामी अक्टोबर १२ मा ग्रीससँग खेल्ने छ भने फिनल्याण्डले बोसिनिया हेर्जगोभिनासँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *