महिला च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग कार्तिक अन्तिम हप्ताबाट

डिसी नेपाल
२३ भदौ २०७६ १६:१५

काठमाडौं। निजी क्षेत्रको महिला टि ट्वान्टी क्रिकेट लिग आगामी कार्तिक २९ गते शुरु हुने भएको छ। महिला च्याम्पियन्स लिग टि ट्वान्टी नाम दिइएको लिग कार्तिक २९ मा शुरु भएर मंसिर ७ मा सम्पन्न हुने लिग आयोजक संस्था क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ।

प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रतियोगितामा ५ वटा फ्रेन्चाइज टिम सहभागी हुने जानकारी दिए। पोखरा प्रिमियल लिग सफलतापूर्वक आयोजना गरिसकेको क्वीन्स इभेन्टले महिला क्रिकेट लिग पनि आयोजना गर्न लागेको हो।

यो लिग तग चैतमा गर्ने भनिएको थियो। तर, विभिन्न कारण देखाउँदै स्थगित भएको लिगका लागि मार्की खेलाडी र अन्य खेलाडी ड्राफ्टमार्फत छनोट गरिसकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *