अब पाईपमा आउने छ पेट्रोलियम पद्धार्थ
काठमाडौं। मंगलबारबाट नेपालमा पेट्रोलियम पद्धार्थ ट्यांकरमा होइन पाईपमा आउने छ। नेपाल–भारत क्रसबोर्डर पेट्रोलिय पाईपलाईनको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाट सँयुक्तरुपमा उद्घाटन गर्र्नेछन्।
भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्मको सो पेट्रोलियम पाईपलाईन उद्घाटनको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका छन्।
उनले दुई देशका प्रधानमन्त्रीले सँयुक्तरुपमा दक्षिण एसियाको पहिलो क्रसबोर्डर पेट्रोलियम पाईपलाईनको उद्घाटन गर्ने बताएका छन्। उनले यस परियोजनाबाट नेपाल–भारत सम्बनध थप बलियो हुनेसमेत बताएका छन्। उनले पेट्रोलियम पद्धार्थ ढुवानी लागतसमेत घट्ने बताएका छन्।
This India-Nepal energy cooperation project, the Motihari-Amlekhganj pipeline, is a symbol of our close bilateral relations. It will help to enhance the energy security of the region and substantially cut down on transit costs.
— PMO India (@PMOIndia) September 9, 2019
नेपाल तथा भारतका प्रधानमन्त्रीले भोली आआफ्नो देशबाट बटन थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नेछन्। यसका लागि दुवै देशमा सबै तयारी पूरा भएको छ ।
Tomorrow PM @narendramodi will jointly inaugurate the first ever cross-border petroleum products pipeline in South Asia, the Motihari-Amlekhganj (Nepal) petroleum product pipeline with @PM_Nepal via video conferencing.
— PMO India (@PMOIndia) September 9, 2019
भोली नेपाली समय अनुसार दिउसो १२ बजेर १५ मिनेटमा उद्घाटन कार्यक्रम तय गरिएको छ । दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप अन हुनेछ । त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेपछि यता अमलेखगञ्जमा तेल झर्नेछ।
उद्घाटन कार्यक्रमका लागि नेपाल आयल निगमका विभागीय प्रमूखहरु अमलेखगञ्जमा पुगिसकेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अम्लेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई एक अर्कामा प्रत्यक्ष भिडियो रुपमा जोडिने छ । प्रधानमन्त्री ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिव सहितको टोली सिंहदरबारमा हुनेछन् ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाईपलाईन परियोजना हालै निर्माण सम्पन्न भएको थियो। उक्त पाईपलाईनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो । पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाईपलाईनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।
Nepal ka nepal padeko bhaye po economy k ho bhane tha huntheyo. Pipeline hai ayo bhanera makha parcha dharai tholo kaam gare bhanne lagcha yenerlai.India le pakad gamako tha chaina, oil import hunu bhaneko deshko pragati hoina ho export po hunu paro ta.yestalai I tha feri. Asti india le tankar matrai Hunda ta katro bok mari lageko aba ghan shilo bhayo switch dabai deyo india mai.. la hera neta ko pragati. Nepal india lai nai denu ni kaam garna audina, sikhism gasto bikash ta huncha.Ani nepal ma bhut halne lawda haru testa lai nai vote halchan.. 200 barsa ma bharkhar pipeline re feri arka le banaideko.. Sangaiko South Korea kasto cha..