भारतीय क्रिकेटर शामीलाई अदालतले दियो राहत, पक्राउ पुर्जी स्थगित

डिसी नेपाल
२३ भदौ २०७६ २३:११

नयाँ दिल्ली (एजेन्सी)। घरेलु हिंसा आरोपमा पक्राउ पुर्जी जारिपछि तनावमा परेको भारतीय क्रिकेटर मोहम्मद शामीलाई माथिल्लो अदालतले राहत दिएको छ।

उनकी श्रीमती हसिन जहाँले दायर गरेको रिटमा पश्चिम बंगलाको अलीगढ अदालले शामीलाई १५ दिन भित्र अदालतमा हाजिर हुन भन्दै पक्राउ पुर्जी जारी गरेको थियो।

त्यतिबेला भारतीय टिमका तर्फबाट क्रिकेट खेल्न वेष्टइण्डिजमा रहेका शामीले माथिल्लो अदालतमा सो पक्राउ पुर्जी विरुद्ध निवेदन दिएका थिए। उनको निवेदनअनुसार अलीगढ अदालतको पक्राउ पुर्जी स्थगित गरिएको हो।

शामीकी श्रीमतीले उनीविरुद्ध बलात्कार, घरेलु हिंसा, कुटपिटलगायतका आरोपमा मुद्दा दायर गरेकी छन्। शामीसँगै उनले शामीका भाईविरुद्ध पनि मुद्दा दायर गरेकी थिइन्।

शामी र हसिन जहाँबीच सम्बन्ध बिच्छेदको मुद्दा पनि चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *