कप्तानले नदिएका होइनन्, सन्दिपले १ ओभर मात्र बलिङ गर्नुको यस्तो छ कारण

डिसी नेपाल
२४ भदौ २०७६ १०:४०

काठमाडौं। क्यारेबियन प्रिमियर लिगको यस सिजनको आफ्नो पहिलो खेलमा नेपाली स्पिनर सन्दिप लामिछानेले बार्बाडोर ट्रेडेन्ट्सको लागि १ ओभर मात्र बलिङ गरे । इनिङको पाँचौं ओभर बलिङ गरेका उनी त्यसपछि बलिङमा आएनन् । सन्दिपले एक ओभर मात्र बलिङ गर्न पाएपछि उनका फ्यानहरुले कप्तानले उनलाई बलिङ गर्न नदिएको भन्दै कप्तान जेसन होल्डरलाई दोषी देखाए । तर, वास्तविकतामा भने कप्तानले नदिएर सन्दिपले अर्को ओभर बलिङ नगरेका होइनन् ।

आफ्नो पहिलो ओभर बलिङ गरेपछि सन्दिप घाइते भएर मैदानबाट बाहिरिएका थिए । सन्दिपलाई सब्स्टीच्युटको रुपमा वाल्श जुनियरले रिप्लेस गरेका थिए । सन्दिप मैदानमै नभएका कारण उनले बलिङ गर्न नपाएका हुन् । इएसपिएनक्रिकइन्फोको कमेन्ट्रीमा पनि उनी घाइते भएर मैदानबाट बाहिरिएको उल्लेख छ यद्यपि उनलाई के भएको भन्ने कुरा चाहिँ कमेन्ट्रीमा खुलाइएको छैन ।

अन्तर्राष्ट्रिय टि–२० लिगमा निरन्तर खेल्ने क्रममा सन्दिपले मात्र १ ओभर बलिंग गरेको यो नै पहिलो पटक हो । यस अघि बिपक्षी टिमले २० औं ओभरसम्म ब्याटिंग गर्दा सन्दिपले सबैभन्दा कम ३ ओभर बलिंग गरेका थिए । पछिल्लो खेलमा भने पहिलो ओभर बलिंग गरे पछि सन्दिप अधिकांश समय मैदान बाहिर बसे र फिल्डिंग समेत गर्न सकेनन् ।

सन्दिपका नेपाल व्यवस्थापक रमन शिवाकोटीलाई उद्धृत गर्दै विकेटनेपालले सन्दिपले खुट्टामा लगाएको एक मेडिकल क्रिमले नकारात्मक असर गरे पछि सन्दिप फिल्ड बाहिर रहेको र स्पेल पूरा गर्न नसकेको उल्लेख गरेको छ । क्रिमले असर गरेको बताएता पनि शिवाकोटीले कस्तो क्रिम र त्यसले गरेको असर बारे भने नखुलाएको समाचारमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *