मेस्सीले जिते इएसपीएनले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड

डिसी नेपाल
२४ भदौ २०७६ १०:४१

एजेन्सी । अर्जेन्टिनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।

सन् २०१९ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित हुँदै मेस्सीले स्पोर्ट्स अनलाइन इएसपीएनले प्रदान गर्ने अवार्ड जितेका हुन् । मेस्सीले समर्थकहरुको सर्वाधिक मत ल्याउदै अवार्ड जितेका हुन् ।

स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले अवार्ड जित्ने क्रममा क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भर्जिल भान डाइकलाई पछि पारे । गत वर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए ।

मेस्सीले गत सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ५८ खेलमा ५४ गोल र १२ असिस्ट गरेका थिए । मेस्सी गत सिजन च्याम्पियन्स लिगमा १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । मेस्सीले हालै युईएफए वर्ष फरवार्डको अवार्ड समेत जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *