रोहितको अर्धसतक पुरा

डिसी नेपाल
२४ भदौ २०७६ ११:३७

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा भएको युएईविरुद्धको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालका कप्तान रोहित पौडेलले अर्धसतक बनाएका छन्। उनले ६४ बल खेलेर ५० रन पुरा गरेका हुन्। सुरुवाती ५ ओभरमै दुई विकेट गुमाएको नेपाललाई रोहित र सन्दिपले लयमा फर्काउने कोशिस गरेका छन्।

नेपालको प्लेइंग ११ः

रोहित कुमार पौडेल, भिम शार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमल सिंह ऐरी, रित गौतम, पवन शर्राफ, राशिद खान, सन्दिप जोरा, सुर्या तामाङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *