क्रोएसियाकाे निराशाजनक बराबरी

डिसी नेपाल
२४ भदौ २०७६ ११:५०

एजेन्सी । युरो कप छनोटमा विश्वकप उपविजेता क्रोएसियाले निराशाजनक बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा क्रोएसिया अजरवैजानसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

रियल मड्रिडका प्लेमेकर लुका मोड्रिचले क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । ११ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले क्रोएसियालाई अगाडी बढाएका थिए ।

७२ औ मिनेटमा खलीलजादेले बराबरी गोल गर्दै घरेलु टोली अजरवैजानलाई खेलमा फर्काएका थिए । क्रोएसियाको बराबरीकोे नतिजाले वेल्सलाई भने फाईदा पुगेको छ । वेल्स शीर्ष स्थानको क्रोएसिया भन्दा मात्र ३ अंकले पछाडी छ । शीर्ष स्थानको क्रोएसियाको ५ खेलबाट १० अंक छ । अजरवैजान १ अंक सहित तालिकाको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *