युरो कप छनोटमा जर्मनी विजयी

डिसी नेपाल
२४ भदौ २०७६ १२:४०

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा जर्मनीले नर्दन आयरल्याण्डलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चार पटकको विश्वकप विजेता जर्मनीलाई जित दिलाउन खेलको ४८ औं मिनेटमा मार्सल हेल्सटेनबर्गले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा सेर्गी गेनाब्रेले गोल गर्दै जर्मनीलाई २-० को जित दिलाए ।

जितसँगै समूह सी को जर्मनीले ५ खेलबाट १२ अंक जोडेको छ । चौंथो जित निकालेको जर्मनी शीर्ष स्थानमा समेत उक्लिएको छ । पराजित नर्दन आयरल्याण्ड १२ अंक सहित दोस्रो स्थानमा छ । जर्मनी गोल अन्तरमा आयरल्याण्ड भन्दा अघि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *