सचिन र धोनीलाई सहयोग गर्ने रेड रकसँग सोमपाल र करणले पनि सम्झौता गर्दै

डिसी नेपाल
२४ भदौ २०७६ १३:३०

काठमाडौं। नेपालका अलराउण्डर करण केसी र सोमपाल कामी नयाँ दिल्ली पुगेका छन् । भारतीय कम्पनी रेड रकसँग प्रायोजक सम्झौताका लागि करण र सोमपाल दिल्ली पुगेका हुन् । रेडरकले गत असारमै दुवै जनालाई खेलकुद सामग्रीका लागि प्रायोजन गर्ने सहमति गरेको थियो ।

तर, कार्यालय दिल्ली भएकाले प्रायोजक सम्झौता गर्न यी दुई खेलाडी दिल्ली पुगेका हुन् । सम्झौतापछि उनीहरुले ‘आरआर’ ब्याटले खेल्नुपर्नेछ भने रेड रकले दुई वर्षका लागि तीनदेखि पाँच हजार अमेरिकी डलर बराबरको क्रिकेट सामग्री उपलब्ध गराउनेछ । यो कम्पनीले भारतका सचिन तेन्दुलकर र एमएस धोनीलाई समेत क्रिकेट सामग्री उपलब्ध गराउँथ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *