पेनाल्टी बिराएपछि श्रीमतीलाई दोष !

डिसी नेपाल
२४ भदौ २०७६ १५:४१

काठमाडौं। बार्सिलोनाका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले पेनाल्टी बिराएपछि यसका आफ्नी श्रीमतीको दोष भएको बताएका छन् । ग्रिजम्यानले फ्रान्सका लागि खेल्दै अल्बानियाविरुद्ध आफूले हानेको पेनाल्टी क्रसबारमा लागेर मैदानमै फर्किएपछि ठट्टा गर्दै यस्तो भनेका हुन् । उनले ठट्टा गर्दै आफ्नी श्रीमती त्यो दिनको खेल हेर्न स्टेडियममा नआएका कारण आफूले पेनाल्टी मिस गरेको बताए । यद्यपि त्यो खेल फ्रान्सले ४-१ ले जितेको थियो ।

यो खेलमा फ्रान्सका लागि किंग्सले कोमानले २, ओलिभियर गिरोड र जोनाथन इकोनले १-१ गोल गरेका थिए । तर, पहिलो हाफमा पेनाल्टी हान्ने अवसर पाएका ग्रिजम्यानले भने अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलपछि पत्रकारले उनलाई यसबारे सोध्दा जवाफमा उनले भने ‘मलाई थाहा छैन । मैले पहिले पनि भने शायद यो खेल मेरी श्रीमतीले नहेरेका कारण यस्तो भएको हो ।’ उनले आफूले यसलाई सुधार गर्ने पनि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *