‘स्टिभ स्मिथ जतिसुकै राम्रो खेलुन्, सधैं धोकेबाज कहलिनेछन्’

डिसी नेपाल
२४ भदौ २०७६ १६:४९

काठमाडौं। अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ चाहे जतिसुकै राम्रो इनिङ खेलुन् वा जतिसुकै रन बनाउन् इङल्याण्डका पूर्व फास्ट बलर स्टिभ आरमिसनको नजरमा उनी सधैं ‘धोकेबाज’ कहलिनेछन् । स्मिथ गत वर्षको मार्चमा दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको टेस्टमा बल टेम्परिङमा दोषी पाइएका थिए । त्यसपछि क्रिकेट अस्ट्रेलियाले उनलाई एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

स्मिथले प्रतिबन्धपछि कमब्याक गर्दै इङल्याण्डमा जारी एशेज सिरिजमा तीन शतक र दुई अर्धशतक बनाउँदै एशेज सिरिज अस्ट्रेलियामै राखेका छन् । इङल्याण्डका पूर्व फास्ट बलर हारमिसनले टकस्पोर्टसँग कुरा गदै भने ‘मलाई लाग्दैन कि उनलाई माफ गरिनुपर्छ ।’ दायाँहाते यी बलरले अगाडि भने ‘जब तपाइँ एक धोकेबाजको रुपमा चिनिनुहुन्छ, जो उनी हुन्, म चिल्ला कुरा गर्दिन, तीन खेलाडी धोकेबाज हुन् र यो सधैं उनीहरुको जीवनमा रहनेछ ।’

हारमिसनले अगाडि भने ‘स्मिथले अब जे गरुन्, उनी सधैं त्यो कुराले चिनिन्छन् जे उनले दक्षिण अफ्रिकामा गरे । यो यस्तो चीज हो जसको साथमा उनले बाँच्नुपर्नेछ । स्मिथ, वार्नर र बेनक्राफ्ट का विषयमा कसैको विचार बदलिएको मलाई लाग्दैन । उनीहरुले जे गरे त्यसले खेलको छवि धमिलियो ।’ स्मिथ हालै टेस्टका नम्बर १ ब्याट्सम्यान बनेका छन् । उनले भारतीय कप्तान विराट कोहलीलाई उछिने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *