कालाजारबाट एक महिलाको ज्यान गयाे

डिसी नेपाल
२४ भदौ २०७६ २३:५८

बुटवल । कालाजारबाट यहाँ एक महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालका अनुसार भैरहवास्थित मेडिकल कलेजमा रानालाई उपचारको क्रममा कालाजार भएको पत्ता लागेको थियो। उनलाई थप उपचारका लागि बुटवल ल्याइएको थियो।

प्रदेश ५ मा १२६ जनामा डेङ्गु

प्रदेश नं ५ मा १२६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा निर्देशक डा विनोद गिरीले जानकारी दिए। प्रदेशका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखा परेको छ ।

“गत वर्ष झण्डै एक हजार जनामा डेङ्गु देखिएको थियो, यस वर्ष भयावह अवस्था छैन”, डा गिरीले भने । डेङ्गु नियन्त्रणका लागि तीनै तहसँग समन्वय गरिएको उनले बताए।

डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट अभियान सञ्चालन गरिएको छ। यस वर्ष रुपन्देहीमा ९० जनामा डेङ्गु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए।

डेङ्गुका कारण शनिबार एक महिलाको मृत्यु भएको थियो। मेडिकल कलेज भैरहवामा १० डेङ्गुका बिरामीको उपचार भइरहेको प्रबन्धक कमल शर्माले बताए।

दैनिक रुपमा बिरामी बढ्न थालेपछि बुटवल उपमहानगरपालिकाले १९ वटै वडाका जनप्रतिनिधि, टोल विकास समिति र स्वास्थ्य स्वयमसेविका खटाएर डेङ्गुका जीवाणु हुर्कने बासस्थान नष्ट गर्न अभियान थालेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *