युरो छनोटमा फ्रान्सको जित, ग्रिजम्यानले खेर फाले पेनाल्टी

डिसी नेपाल
२५ भदौ २०७६ ८:३३

एजेन्सी । युरो कप छनोटमा फ्रान्सले एन्डोरालाई ३–० गोल अन्तरले हराएको छ । सोमबार राति भएको समुह एचको खेलमा फ्रान्सले एन्डोरालाई हराएको हो । खेलमा फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यान पुनः पेनाल्टीमा चुकेका छन् । उनी अघिल्लो खेलमा पेनाल्टीमै गोल गर्न चुकेका थिए ।

किंग्सले कोमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रिजम्यानको क्रसलाई सदुपयोग गर्दै बार्सिलोनाका सहकर्मी क्लेमेन्ट लेङ्लेटले ५२ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारे । विसम बेय येडरले खेलको ईन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए ।

फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टर्कीको समेत समान १५ अंक छ । एन्डोरा अंक विहिन हुदै तालिकाको पुछारमा छ । ग्रिजम्यानले पेनाल्टी खेर फालेपनि आईतबार भएको खेलमा फ्रान्सले अल्बानियालाई ४–१ ले हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *