विराट र रोहितको मनमुटावको विषयमा रवि शास्त्रीले पुनः मुख खोले, दिए यस्तो प्रतिक्रिया

डिसी नेपाल
२५ भदौ २०७६ ९:१३

एजेन्सी । भारतिय टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबिचको मुडभेडका विषयलाई लिएर कोच रवि शास्त्रीले पुनः एकपटक मुख खोलेका छ। उनले टिममा कुनै पनि खेलाडीबिच कुनै पनि प्रकारको मनमुटाव नभएको बताएका छन्।

यो भन्दा पहिला पनि शास्त्रीले यी दुई सिनियर खेलाडीबिच मनमुटावको खबरलाई ‘बकवास’ बताएका थिए। उनले गल्फ न्युजसँग भने, ‘टिममा १५ खेलाडी हँदा यस्तो समय आउँछ जब नजरमा भिन्नता आउँछ। र यसको आवश्यकता पनि हुने गर्छ। मैले सबैले एउटै कुरा बोलुन भन्ने चाहँदिन।’

उनले भने ‘चर्चा भएर नै कसैले कुनै नयाँ रणनितिको बारेमा सोच्न सक्छ जसलाई प्रोत्शाहन दिनुपर्छ। त्यसैले खेलाडी आफैलाई आफ्नो अभिव्यक्त गर्ने मौका दिनुपर्छ र फैसला गर्नुपर्छ कुन सर्वश्रेष्ठ हो। कहिलेकाँही टिमको सबैभन्दा जुनियर खेलाडीले यस्तो रणनिति दिन सक्छ जसको बारेमा हामिले सोच्नु पनि पर्दैन। त्यसैले यसलाई मतभेदको रुपमा हेर्नु हुँदैन।’

शास्त्रीले भारतीय टिम क्यारेबियन भ्रमणमा जानु अगाडी पनि उक्त कुराको खारेज गरेका थिए। कोहलीसँग कुनै मनमुटाव भएको भए रोहितले विश्वकपमा पाँच सतक लगाउन नसक्ने उनले बताए। उनले भने,‘ म पाँच वर्षदेखि ड्रेसिंग रुममा रहेको छु। उनीहरु कसरी खेलेका छन् र कसरी टिमलाई बलियो बनाएका छन् भन्ने मैले देखेको छु। उनीहरुलाई आफ्नो कामको नैतिकता राम्रोसँग थाहा छ। मलाई लाग्छ यो कुरा ‘बकवास’ मात्र हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *